|
|
२०८३ बैशाख २७
51 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यही वैशाख ३० गते केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको हो ।
पार्टीका अनुसार बैठकको मिति तय भए पनि स्थान र समय भने हालसम्म सार्वजनिक गरिएको छैन । सचिवालय बैठकमा पार्टीको संगठनात्मक गतिविधि, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
रास्वपाले पछिल्लो समय पार्टी संरचना सुदृढीकरण, महाधिवेशन तयारी र संसदीय गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा आन्तरिक छलफललाई तीव्र बनाउँदै आएको छ । आगामी केन्द्रीय समिति बैठकमा पनि यिनै विषयहरू मुख्य एजेन्डाका रूपमा उठ्ने अनुमान गरिएको छ ।

बिजनेस पाटी
















