२०८२ चैत्र २१ | Apr 04, 2026

बस दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी को दुःख: मृतकप्रति श्रद्धाञ्जली

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
612 views

ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी ले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । पोखरा बाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस आज बिहान १:३० बजे बेनिघाट रोराङ गाउँपालिका–भैंसेगौडामा दुर्घटनामा परेको थियो । बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको प्रारम्भिक तथ्यांक छ ।

पार्टीले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। कबिन्द्र बुर्लाकोटी द्वारा जारी शोक विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार र उपचारमा ध्यान दिन सरकारसँग आग्रह गरिएको छ । सडक सुरक्षा सुधार र यातायात व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता पुनः उजागर भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया