२०८२ चैत्र २१ | Apr 04, 2026

व्यवसायीलाई करको दायरामा ल्याउन सचेतना घरदैलो अभियान

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
612 views

ललितपुर – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई समेट्न घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रत्येक वडाका टोलटोलमा पुगेर व्यवसायीलाई करसम्बन्धी जानकारी दिई सबैलाई करको दायरामा ल्याउने योजना रहेको उपप्रमुख उमा अधिकारीले बताउनुभयो ।

सोमबार भएको राजस्व परामर्श समितिको बैठकले कर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उपप्रमुख अधिकारीका अनुसार कर दर बढाउने होइन, करको दायरा विस्तार गर्ने उद्देश्यले अभियान चलाइनेछ । व्यवसायीमा करप्रति रहेको गलत बुझाइ हटाएर सबैलाई करको प्रणालीमा समेट्ने लक्ष्य राखिएको छ । निर्वाचनपछि अभियान सुरु गरिने नगरपालिकाले जनाएको छ ।

बैठकले नगरपालिका–५ स्थित कृषि बजार भवन (ए ब्लक) सञ्चालनका लागि सूचना जारी गर्ने निर्णयसमेत गरेको छ । भवन सञ्चालनमा समस्या देखिएकाले सञ्चालन समिति गठन भइसकेको र प्रतिवेदन प्राप्त भइसकेपछि सूचना निकाल्ने निर्णय गरिएको प्रशासकीय अधिकृत कमलकान्त खनालले जानकारी दिनुभयो । सिद्धार्थनगरमा १३ वडा रहेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया