रूपन्देहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
357 views

ललितपुर - ललितपुर – रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपूरा र लागुऔषध नियन्त्रण ब्यूरो भैरहवाको संयुक्त टोलीले लुम्बिनी–सूर्यपूरा सडकमा मोटरसाइकलमा सवार जगदिश कुर्मी (३४) र महेश कुर्मी (३१) बाट लागुऔषध बरामद गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूको घरखाना खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीले दुवै जनाविरुद्ध थप अनुसन्धान अघि बढाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube