२०८२ फाल्गुन ६ | Feb 18, 2026

‘टेरामक्स प्रकरण’मा उपकरणहरूको प्राविधिक परीक्षण गर्न विज्ञ टोली गठनको आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
714 views

ललितपुर । पूर्वमन्त्री मोहनबहादुर बस्नेत मुछिएको ‘टेरामक्स प्रकरण’मा विशेष अदालतले उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

टेरामक्स उपकरण तथा प्रणाली खरिदमा तत्कालीन सञ्चारमन्त्री रहेका बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्ब २१ करोड ८३ लाख घोटाला गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


अदालतबाट नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए नभएको र त्यसको गुणस्तर जाँच गर्न एक उच्चस्तरीय विज्ञ टोली गठनको आदेशसमेत भएको छ ।

आदेशअनुसार, पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि रहनेगरी विज्ञ टोली रहने छन् ।

विज्ञ टोलीबाट उपकरणहरूको प्राविधिक परीक्षण गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया