संघीय संसद् सचिवालयमा ट्रेड युनियन व्यवस्था खारेज

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २५
|
102 views

ललितपुर - संघीय संसद् सचिवालयले सचिवालयभित्रको ट्रेड युनियन अब अस्तित्वमा नरहेको जानकारी गराएको छ ।

सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारद्वारा जारी सूचनामार्फत यस्तो जानकारी दिइएको हो ।

      सूचनामा भनिएको छ, “केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ सालको अध्यादेश नं. ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा रहेको व्यवस्था संशोधन गरेपश्चात् संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को उक्त दफाबमोजिम अस्तित्वमा रहेका संघीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको जानकारी गराइन्छ ।

      सरकारले हालै अध्यादेशमार्फत विभिन्न निकायमा रहेका कर्मचारी युनियन तथा ट्रेड युनियनसम्बन्धी व्यवस्थामा संशोधन अघि बढाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube