२०८२ चैत्र १९ | Apr 02, 2026

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १९
|
255 views

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइएको छ ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभा सदस्य वालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त यही चैत १३ गते नियुक्त गर्नुभएको व्यहोरा जानकारी गराउनुभयो ।

उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिपरिषद् र कार्यविभाजनसम्बन्धी व्यहोरासमेत सदनलाई जानकारी गराउनुभयो । यसअघि ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा सदनलाई जानकारी दिनुभयो ।

बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु आरेन राई, गङ्गा छन्त्याल, तारिह अलि भाट, वासना थापा, विश्वराज पोखरेल, यज्ञबहादुर बोगटी र बलावती शर्मालाई मनोनयन गरिएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया