सगरमाथा आरोहण क्रममा लेक लागेर एक आरोहीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २७
|
204 views

ललितपुर - सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ। मृतक सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घिमिरे सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका बेला आइतबार बिहान करिब ४ बजे अचानक बिरामी परेका थिए ।

      उनीलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने प्रयास भए पनि बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिएका छन् । ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी भएका घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको छ ।

      शवलाई परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि सगरमाथा आरोहण गरिसकेका घिमिरे पछिल्लो समय आरोही गाइडका रूपमा पनि कार्यरत थिए ।

       पात्रो/राशिफल  रेडियो YouTube