सगरमाथा चुचुरोसम्म बाटो निर्माण सम्पन्न, वसन्त ऋतुको आरोहण खुला

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
102 views

ललितपुर - सगरमाथा चुचुरोसम्म आरोहण मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यससँगै यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण औपचारिक रूपमा खुला भएको छ

पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमशिखरको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको व्यवस्थापन सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले गरेको हो । त्यस्तै, सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपाल लाई दिइएको थियो ।

    परिचालित टोलीले बिहान १०:२५ बजे सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने काम सफलतापूर्वक सम्पन्न गरेको विभागले जनाएको छ ।

      आधार शिविरदेखि क्याम्प २ सम्मको मार्ग निर्माणमा आइसफल डाक्टरहरू खटिएका थिए । त्यस टोलीमा आङ सार्की शेर्पा, दावा जङ्वु शेर्पा, टेन्दु शेर्पा, निग्मा तेन्जी शेर्पा, फुर्वा छेतेन शेर्पा, दावा छिरी शेर्पा, सोनाम गेल्जेन शेर्पा र मिग्मा गेल्जेन शेर्पा रहेका छन् ।

      क्याम्प २ देखि चुचुरोसम्मको डोरी टाँग्ने कार्यमा मिग्मा दोर्ची शेर्पा, पासाङ टाशी शेर्पा, लोप्साङ भूटिया, मिङ नोर्वु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जी शेर्पा, मिङ्मा टेम्बा शेर्पा, देन्डी शेर्पा र पासाङ नोर्बु शेर्पा संलग्न थिए ।

      बाटो खुलेसँगै अब आरोहीहरू माथिल्लो शिविरतर्फ जान सुरु गर्ने भएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube