स्वरोजगार कोषको ६७ करोडभन्दा बढी कर्जा असुल हुन बाँकी

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १
|
153 views

ललितपुर - युवा तथा साना व्यवसायी स्वरोजगार कोषले प्रवाह गरेको कर्जामध्ये ६७ करोड १९ लाख रुपैयाँभन्दा बढी रकम भाखा नाघ्दा पनि असुल हुन सकेको छैन

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विभिन्न सहकारी संस्थाहरूले सम्झौताबमोजिम किस्ता नबुझाउँदा ठूलो रकम जोखिममा परेको हो ।

      युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अनुसार कोष र ऋणीबीच पाँच वर्षको ऋण सम्झौता हुने व्यवस्था छ। समयमै किस्ता नतिरेमा थप २ प्रतिशत ब्याज लाग्ने प्रावधान भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रतिवेदनले जनाएको छ ।

      कोषको अभिलेखअनुसार २०८२ असार मसान्तसम्म रु २ अर्ब ३३ करोडभन्दा बढी कर्जा प्रवाह गरिएको थियो । त्यसमध्ये ४३२ सहकारी संस्थाबाट साँवा, ब्याज र हर्जना गरी ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ असुल हुन बाँकी रहेको उल्लेख छ ।

      बाँकी रकममध्ये साँवा ५७ करोड ९७ लाख रुपैयाँ, ब्याज ८ करोड ९८ लाख रुपैयाँ र हर्जना २३ लाख ८२ हजार रुपैयाँ रहेको छ। महालेखापरीक्षकको कार्यालयले सम्झौताअनुसार बाँकी रकम तत्काल असुल गर्न कोषलाई निर्देशन दिएको छ । प्रतिवेदनमा स्वरोजगार प्रवर्द्धनका लागि लगानी गरिएको रकम समयमै असुल नहुँदा कोषको उद्देश्यमा असर पर्ने उल्लेख गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube