मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १४
|
357 views

ललितपुर - मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ ।

गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिनुभयो ।

अध्यक्ष कालाखेतीले आफूले तीन महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम कोषमा जम्मा गर्ने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका अन्य जनप्रतिनिधिले पनि एक-एक महिनाको सेवासुविधाबापतको रकम कोषमा जम्मा गर्ने भएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube