ललितपुर । सङ्खुवासभा, चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार मृत्यु हुनेहरूमा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र पैरेका अनिष थक्लुङ रहेका छन्।
आइतबार साँझ ५स्३० बजे चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप नुनढाकी नजिक दुर्घटना भएको हो। यसमा चार जना गम्भीर घाइते भएका थिएस् निमदोर्जी शेर्पा ९३४, चैनपुर–१०, पेम्बा शेर्पा ९९०, भीमबहादुर थुलुङ ९४५, चैनपुर मैदाने०, र दीपेश माझी ९२८, फिदिम–५०। उनीहरूलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालयका टोली तुरुन्त पुगेको थियो। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको जनाएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया