विजय मल्लको शताब्दीमा सात प्राज्ञ सम्मानित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २०
|
765 views

ललितपुर - ललितपुर – नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नइ एकेडेमीले नेपाल र भारतका सात जना प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।

विजय मल्लको साहित्यिक योगदान, सिर्जनात्मक धरोहर र त्यससँग सम्बन्धित गहिरो अध्ययन तथा विद्यावारिधि अनुसन्धानमा उल्लेखनीय प्राज्ञिक कार्य गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । प्रत्येक पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ ।

पुरस्कार प्राप्त गर्ने प्राज्ञहरूमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’ डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा तथा प्रा. डा. कृष्णराज घतानी रहनुभएको छ ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै सदस्य–सचिव नरेन्द्रराज प्रसाईँले विजय मल्लको शताब्दी वर्षलाई स्मरणीय बनाउन प्राज्ञिक सम्मानलाई प्राथमिकता दिइएको बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube