प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ६
|
102 views

ललितपुर - प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले “राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक,२०८३” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।

      त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

      त्यस्तै “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube