प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १२
|
255 views

ललितपुर - प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोक्नुभएको बैठक पुनः सरेको जानकारी दिनुभएको हो । यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो ।

      चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube