संघीय संसद् बैठकमा अब सांसदहरूको हाजिरी प्रणाली लागू गरिने

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
51 views

ललितपुर - संघीय संसद् बैठकमा अब सांसदहरूको विद्युतीय हाजिरी प्रणाली लागू गरिने भएको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ ।

संघीय संसद् सचिवालय ले सबै सांसदलाई बायोमेट्रिक विवरण उपलब्ध गराउन उपस्थित हुन सूचना जारी गरेको जनाएको छ ।

      बायोमेट्रिक विवरण संकलनसँगै सांसदहरूको औपचारिक तस्बिर खिच्ने कार्यसमेत गरिनेछ । सोही कारण सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।

      संसद्मा उपस्थितिको अभिलेखलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्न लागिएको सचिवालयले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube