२०८२ फाल्गुन ३ | Feb 15, 2026

सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १२
|
816 views

ललितपुर । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते (नोभेम्बर १०, २०२५) बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। सानिमा बैंकमा २१ वर्षदेखि निरन्तर सेवा गर्दै आएका आचार्यले बैंकको संस्थागत विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एमएनआइटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका आचार्य पदभार ग्रहणअघि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए।

सानिमा बैंकमा आफ्नो लामो सेवाकालका क्रममा उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन्। उनका प्रमुख कार्यक्षेत्रहरूमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना वित्त समावेश छन्।

बैंकिङ क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ। साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए।

आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र व्यापक बैंकिङ अनुभवका आधारमा उनको नेतृत्वमा सानिमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया