|
|
२०८२ चैत्र १
816 views
ललितपुर - ललितपुर – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले यस निर्णय गरेको हो । बैठक अनुसार:
- चुक्ता पूँजी: २ अर्ब १५ करोड रुपैयाँ
- वितरणयोग्य लाभांश
- ५% बोनस शेयर
- ०.२६३२% नगद लाभांश (कर तिर्ने गरी)
- कुल लाभांश दर: ५.२६३२%
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेपछि वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जनाएको छ ।

बिजनेस पाटी