नयाँ प्रतिनिधिहरूको शपथ ग्रहण समारोह सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १२
|
765 views

ललितपुर - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube