उपसभामुखको शपथ कार्यक्रम साँझ ६ बजे

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २७
|
306 views

ललितपुर - उपसभामुखको शपथ आजै (शुक्रबार, चैत २७) हुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार, साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ । दुईतिहाइ निकट दल राष्ट्रिय स्वतन्त्र पार्टीको साथ पाएपछि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का छ ।

उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामा पनि उमेदवार छिन् ।

 पात्रो/राशिफल  रेडियो YouTube