|
|
२०८२ फाल्गुन ७
765 views
ललितपुर - ललितपुर – सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश रामलाई खेलाइरहेको पेस्तोल पड्किँदा दाहिने हातको पञ्जामा गोली लागेर घाइते भएका छन् ।
घटनास्थल मलङ्गवा–४, ढाकाबोर्डर स्थित निर्माणाधीन हनुमान मन्दिरभित्र पेस्तोल भेटिएर खेलाइरहेको क्रममा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।
घाइते बालक हाल प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत छन् र खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
यो घटनामा प्रयोग भएको हतियार गत हप्ता सर्लाहीमा सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्यामा प्रयोग भएको हतियारसँग सम्बन्धित हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिजनेस पाटी