सरकारी आईटी प्रणाली अध्ययनका लागि कार्यदल गठन, महाराजगन्ज जग्गा सम्बन्धी निर्णय उल्टियो

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १०
|
306 views

ललितपुर - सरकारले सरकारी निकायमा रहेका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

कार्यदलले सरकारी निकायहरूमा प्रयोग भइरहेका सूचना प्रविधि प्रणाली, सफ्टवेयर व्यवस्थापन तथा डिजिटल संरचनाको अवस्था अध्ययन गर्नेछ ।

त्यसैगरी बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग सम्बन्धित जग्गा प्रयोगबारे पहिले गरिएको निर्णय पनि उल्ट्याएको छ ।

मन्त्रिपरिषद्को २०७५ भदौ १ को निर्णयअनुसार ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने भनिएकोमा अब सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले बताए ।

 पात्रो/राशिफल  रेडियो YouTube