|
|
२०८२ माघ १९
816 views
ललितपुर - ललितपुर – राष्ट्रियसभाको आज सम्पन्न बैठकले मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी अध्यादेशसहित तीनवटा अध्यादेश, २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुभएको थियो । अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि ती सबै अध्यादेश सर्वसम्मतिले स्वीकृत भएका हुन् ।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ ।

बिजनेस पाटी