|
|
२०८२ माघ १२
2.4k views
ललितपुर — नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० जिल्लाको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।
नेपाल नमुना माध्यमिक विद्यालय केउरेनीको लु १ क ३८१४ नम्बरको बसले विद्यालय परिसरभित्र घुम्ने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन्।
बारा जिल्लाको कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्दै आएकी बालिकालाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
घटनापछि ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया