|
|
२०८२ माघ १५
867 views
ललितपुर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रमा आज बिहान भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेका स्कुटर चालक म्याग्दे गाउँपालिका–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् । उनको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार उनीहरू पोखराबाट दमौलीतर्फ आउँदै गर्दा स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया