एसईईको पुरक परीक्षा असार १ गतेदेखि ‘सी’ वा सोभन्दा कम ल्याउनेले मौका पाउने

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २८
|
102 views

ललितपुर - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सोमबार साँझ एसईई नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाको तालिका समेत सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असार १ गते सोमबारदेखि सुरु भएर असार ९ गतेसम्म सञ्चालन हुनेछ ।

      अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । साथै, बढीमा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीलाई पनि पूरक परीक्षा दिने अवसर प्रदान गरिएको बोर्डले जनाएको छ ।

      यस परीक्षा मार्फत विद्यार्थीलाई आफ्नो नतिजा सुधार गर्ने अवसर उपलब्ध गराइएको बोर्डको भनाइ छ ।

       पात्रो/राशिफल  रेडियो YouTube