एक महिनामै सार्वजनिक भयो एसईई नतिजा, ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २८
|
255 views

ललितपुर - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा सम्पन्न भएको करिब एक महिनामै बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा प्रकाशन प्रक्रिया छिटो सम्पन्न भएको बोर्डले जनाएको छ ।

      एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा नियमित तथा ग्रेडवृद्धितर्फ गरी पाँच लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

      विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।

       पात्रो/राशिफल  रेडियो YouTube