२०८२ फाल्गुन ६ | Feb 18, 2026

पोर्चुगलमा एन्टोनियो सेगुरो विजयी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २६
|
612 views

ललितपुर – पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेदवार एन्टोनियो जोसे सेगुरो स्पष्ट बहुमतसहित विजयी हुनुभएको छ । उहाँले कट्टर दक्षिणपन्थी उम्मेदवार आन्द्रे भेन्टुरालाई पराजित गर्नुभयो ।

आधिकारिक मतगणना अनुसार ९९ प्रतिशत मतपात्र गणना भएपछि सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गर्नुभएको छ, जबकि भेन्टुराले ३३.३ प्रतिशत मत पाउनु भएको छ । विजयी भएसँगै सेगुरोले लिस्बनस्थित नदी किनारको राष्ट्रपतीय निवास ‘गुलाबी दरबार’ मा पाँच वर्षे कार्यकालका लागि पद ग्रहण गर्नुहुनेछ ।

विश्लेषकहरूले यस निर्वाचनलाई भेन्टुराको उग्र र उत्तेजक राजनीतिक अभियानको जनसमर्थन मापन गर्ने अवसरका रूपमा हेरिएको बताएका छन् । भेन्टुराको चेगा पार्टीले गत मे १८ को आम चुनावमा संसद्को दोस्रो ठूलो दल बन्ने सफल जनसमर्थन पाएको थियो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जालमार्फत सेगुरोलाई बधाई दिँदै पोर्चुगलको आवाज साझा युरोपेली मूल्य र लोकतान्त्रिक मूल्यमान्यताका पक्षमा अझ बलियो रहेको बताउनुभयो ।

दीर्घकालीन समाजवादी राजनीतिज्ञ सेगुरो आफूलाई मध्यमार्गी उम्मेदवारको रूपमा प्रस्तुत गर्नुभयो । उहाँले केन्द्र–दक्षिणपन्थी अल्पसङ्ख्यक सरकारसँग सहकार्य गर्दै भेन्टुराको स्थापना विरोधी र आप्रवासीविरोधी उग्र भाष्य अस्वीकार गर्ने सङ्केत दिनुभयो। बढ्दो लोकप्रियतावादी लहरलाई रोक्न चाहने बायाँ–दायाँ दुवै धारका राजनीतिज्ञको समर्थन पनि उहाँले प्राप्त गर्नुभयो ।

पोर्चुगलमा राष्ट्रपतिले परम्परागत रूपमा औपचारिक र प्रतीकात्मक भूमिका निर्वाह गर्दै राजनीतिक विवादमा मध्यस्थता गर्ने र दलगत द्वन्द्वभन्दा माथि उभिने काम गर्छन् । तथापि, राष्ट्रपतिसँग संसद्ले पारित कानूनमा भिटो लगाउने अधिकार र संसद् विघटन गरी समयअगावै चुनाव घोषणा गर्ने अधिकार (परमाणु बम भनिने) पनि रहेका छन् ।

मे महिनामा पोर्चुगलले तीन वर्षभित्र तेस्रो आम चुनाव सम्पन्न गरेको थियो, जुन पछिल्ला दशकमा सबैभन्दा गम्भीर राजनीतिक अस्थिरताको अवस्थामा गन्ने गरिएको छ। नयाँ राष्ट्रपतिका लागि राजनीतिक स्थिरता कायम गर्नु ठूलो चुनौती रहने देखिएको छ ।

भेन्टुरा वाक्पटु र नाटकीय शैलीका राजनीतिज्ञका रूपमा चिनिनुहुन्छ। उहाँले पोर्चुगलमा व्यापक परिवर्तन ल्याउने लक्ष्यसहित आप्रवासन नियन्त्रण र राष्ट्रवादको एजेन्डा अगाडि बढाउनुभएको थियो । अभियानमा उहाँले “पोर्चुगल हाम्रो हो” जस्ता नारा दोहोर्याउनुभयो र देशभर यो बङ्गलादेश होइनआप्रवासीहरूलाई कल्याणमा निर्भर बन्न दिनु हुँदैन भन्ने बिलबोर्ड प्रयोग गर्नुभयो ।

आगामी महिना सेगुरोले वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डे सौसालाई प्रतिस्थापन गर्नुहुनेछ, जसले संविधानले तोकेको दुई कार्यकाल पूरा गरिसक्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया