२०८२ फाल्गुन ६ | Feb 18, 2026

लुम्बिनी प्रदेश सरकारले सहकारी नियमावली र अन्य महत्वपूर्ण निर्णयमा स्वीकृत

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २२
|
357 views

ललितपुर –  लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले वन तथा वातावरण मन्त्रालयले पेस गरेको प्रदेश वन ऐन, २०७८ संशोधन विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको जानकारी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी ले जानकारी दिनुभयो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अस्थायी संगठन संरचना पनि स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

यसैगरी, ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ पनि स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता पन्थीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया