|
|
२०८२ फाल्गुन ५
561 views
ललितपुर – लोक सेवा आयोगले शाखा अधिकृत पदको प्रथम चरण परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत माघ २४ गते सञ्चालन भएको परीक्षामा २३ हजार ४८८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ७ हजार ९०८ जना उत्तीर्ण भएका छन्, जुन कुल सहभागीको ३३.६७ प्रतिशत हो ।
आयोगका अनुसार २३ जना परीक्षार्थीको उत्तरपुस्तिकामा ‘की’ उल्लेख नगरेको कारण परीक्षा रद्द गरिएको छ ।
प्रथम पत्रमा उत्तीर्ण भएका परीक्षार्थीहरूले मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया