|
|
२०८३ भाद्र ४
357 views

ललितपुर - साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २६२९.४० अंकमा पुगेको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ६ वटा बढेका छन् भने ७ वटा घटेका छन् । बिहीबार एग्रीकल्चर बण्ड (९ वर्ष) को सबैभन्दा धेरै ५० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । दुवै कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ९.७७ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार आज ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिजनेस पाटी