नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १६
|
153 views

ललितपुर - साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेको छ । लगातार घटिरहेको सेयर बजारमा आज सुधार देखिएको हो ।

आज नेप्से परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ । कारोबार भएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

      त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.७२ अंकले बढेर ४४६.१६ विन्दुमा पुगेको छ । कारोबार भएका १३ उपसूचकमध्ये १२ उपसूचक बढेका छन् भने एउटा उपसूचक घटेको छ ।

      परिसूचक बढे पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा कममा सीमित भएको छ । आज ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर ४८ हजार ३४१ पटक खरिद–बिक्री हुँदा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube