२०८२ चैत्र १५ | Mar 29, 2026

नेप्सेमा ५ अंकको वृद्धि, १५ अर्बभन्दा बढीको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ९
|
510 views

सेयरबजार सोमबार पनि बढेको छ । सूचक नेप्से ५.०१ अंकले बढेर कारोबार बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार ०.१७ प्रतिशत वृद्धिसँगै बजार २९३६.५६ विन्दुमा पुगेको छ ।

अघिल्लो दिन साढे २३ अर्बको कारोबार भएकामा सोमबार पनि १५ अर्ब ७८ करोडको सेयर किनबेच भएको छ। यस दिन ३ करोड ८० लाख कित्ता किनबेचमा यो परिमाणमा कारोबार भएको हो ।

यो कारोबारमा १०२ वटा सेयरको मूल्य बढ्दा १५४ वटाको घटेको र ८ वटाको आइतबारकै मूल्यमा कारोबार भएको छ ।

सोमबार बजारमाा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने सनराइज फर्स्ट म्युचुअल फन्डलगायत अधिकतम ३.७१ प्रतिशतसम्मले घटेका छन् ।

नेप्सेका अनुसार आज पनि कुमारी बैंकको ६७ करोडको कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो। त्यसैगरी शिवम् सिमेन्टको ६० करोड, नेशनल हाइड्रोपावर ५७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपमेन्ट र ङादी ग्रुप पावरको ५४ करोडको सेयर किनबेच भएको छ ।

आज फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, सामूहिक लगानी र अन्य समूह बढे पनि बाँकी घटेका छन्।

सोमबार २९३९ विन्दुबाट सुरु भएको कारोबार उतारचढावका बीच अन्तिममा ५ अंकले बढ्नपुगेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया