१८ अंकले बढ्यो नेप्से, ३ अर्ब ८३ करोडको सेयर किनबेच

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २२
|
204 views

ललितपुर - सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १८.०७ अंकले बढेको छ । अछिल्ला तीन कारोबार दिनदेखि लगातार बढेको नेप्सेले सोमबार पनि वृद्धिकै प्रवृति पछ्याएको हो ।

अघिल्ला दिनहरुको तुलनामा सोमबार वृद्धिदर र कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.७१ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ६०.८४ अंकमा उक्लेर बन्द भएको छ ।

      सो दिन कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटाको घटे र ४ वटा समूहको सेयर मूल्य स्थिर छ ।

      सोमबार कुल ५० हजार ८ सय ४४ पटकको कारोबारमा ९२ लाख ९८ हजार ९४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढेको हो । गत साताको बिहीबार सेयर बजारमा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

      सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी र व्यापार बाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढ्न सहयोग पुगेको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube