
ललितपुर - साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्ला दुई दिन लगातार बढेको बजार आज १५.४३ अंकले घटेर २ हजार ५४५.४० विन्दुमा बन्द भएको हो ।
बुधबार सेयर बजारमा १९२ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४५२.३४ विन्दुमा झरेको छ । बजार घटेको दिन कारोबार भएका १३ वटै उपसूचक राताम्मे भएका छन् ।
परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । बुधबार ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ५० हजार ८०४ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

बिजनेस पाटी