२३.८३ अंकले बढ्यो सेयर बजार, कारोबार १४ अर्ब नाघ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १०
|
1.1k views

ललितपुर - साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । उक्त दिन बजार २३.८३ अंकले बढेर २९६०.४९ को विन्दुमा कायम भएको हो ।

उक्त दिन विभिन्न ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ८३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी हुँदा आठ उपसूचक हरियाली भएको छ ।

उक्त दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६७ करोड ४३ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ५७ करोड ८७ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमाल दोलखा हाइड्रोपावरको ४५ करोड ७० लाख ७२ हजार रुपैंया, ङादी ग्रुप पावरको ४१ करोड ३१ लाख १५ हजार रुपैयाँ, शिभम् सिमेन्टको ३९ करोड १० लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube