१२ अंकले बढ्यो नेप्से, ५ अर्ब ५० करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १
|
459 views

ललितपुर - साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा पुगेको छ ।

गत मंगलबार नेप्से ४८.५७ अंकले बढेको थियो भने बुधबार २१.१९ अंकले घटेको थियो । त्यसपछि बिहीबार बजारमा पुनः सुधार आएको हो ।

    नेप्सेसँगै आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज ३५० कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

      बुधबार ३३९ कम्पनीका १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरमा कारोबार भएको थियो ।

      आज लगानी र अन्य समूहका उपसूचकबाहेक सबै उपसूचक बढेका छन् । जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ ।

      कारोबार भएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ । धौलागिरी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १२.४३ प्रतिशतले बढेको छ ।

      त्यस्तै, ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube