|
|
२०८३ आश्विन ६
102 views

ललितपुर - साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। अघिल्लो दिन कारोबार बन्द रहेको सेयर बजारमा आज खरिद चाप बढेसँगै नेप्सेमा सामान्य सुधार देखिएको हो।
आज १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकले बढेर ४७३.७९ विन्दुमा पुगेको छ। कारोबार भएका १३ उपसूचकमध्ये ७ वटा बढेका छन् भने ६ वटा घटेका छन्।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने ७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। आज ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७० हजार ६९१ पटक खरिद–बिक्री हुँदा कुल ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँको कारोबार भएको छ।
आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।

बिजनेस पाटी













