नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ८
|
255 views

ललितपुर - बिहीबार सेयर बजारमा नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ ।

बजार बढेको दिन १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

      यस्तै, सेन्सेटिभ इन्डेक्स १.५५ अंकले बढेर ४६९.०१ विन्दुमा पुगेको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढ्दा एउटा उपसमूहको परिसूचक घटेको छ ।

      नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५१ हजार ७१६ पटक खरिद–बिक्री भएका छन् । कुल कारोबार रकम ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँ रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube