
ललितपुर - यो साता सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकनजिकले घट्दै २६०३ विन्दुमा झरेको हो ।
मंगलबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से घटेको थियो ।
आज १९९ कम्पनीको सेयर मूल्य घट्दा ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.०१ अंकले घटेर ४६६.६५ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक घटेको छ भने दुई उपसमूहको सूचक बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
अघिल्लो दिन ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार कारोबार रकम साढे ४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
मंगलबार ३६३ कम्पनीका १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ५१ हजार २७४ पटक खरिद–बिक्री भएका छन्। दिनभरको कारोबार रकम ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँ रहेको छ ।

बिजनेस पाटी









