सेयर बजारमा दोहोरो अंकको सुधार,कारोबार रकम भने घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २०
|
153 views

ललितपुर - मंगलबार सेयर बजारमा सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको थियो । सो दिन ३ अर्ब २७ करोड मूल्यको सेयर कारोबार भएको थियो ।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सोमबारको तुलनामा कमी आएको छ । ३५९ वटा स्क्रिप्सको ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये १६९ वटा स्टक्सको मूल्य बढ्दा ९५ वटाको घट्यो । बाँकी १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।

      नेप्से दोहोरो अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । त्रिशूली जलविद्युत कम्पनीको सेयर सर्वाधिक ५.११ प्रतिशतले बढ्यो ।

      २३ करोड मूल्य बराबरको कारोबार गरी घलेमादी हाइड्रोपावर शीर्षस्थानमा रह्यो । लिवर्टी इनर्जीले १३ करोडको कारोबार गर्दा हिमाल दोलखा हाइड्रोपावरले ९ करोड,लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावरले ८/८ करोडको सेयर कारोबार गरे ।

      यसदिन दुई समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए ।

       पात्रो/राशिफल  रेडियो YouTube