१४ अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १२
|
714 views

ललितपुर - साताको कारोबारको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । यसदिन नेप्से १४ अंकले बढेर परिसुचक २९३५मा पुगेको छ ।

यसदिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १५ अर्बको कारोबार भएकोमा आज १३ अर्बको कारोबार भयो ।

    कारोबारमा आएका १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

      कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्राइन्सक्चर, एसवाई प्यानल, नेशनल हाइड्रो र रिडी पावर अगाडि रहे ।

      यसदिन ५ कम्पनीको मूल्यमा सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन,सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो ।

      आज पञ्चकन्या माई हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घट्यो ।

      यसदिन विकास बैक, लाइफ इन्सोरेनस र व्यापार बाहेक सबै सूचक उकालो लागे ।

       पात्रो/राशिफल  रेडियो YouTube