सेयर बजारमा सामान्य सुधार, ४ अर्ब ७३ करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २७
|
408 views

ललितपुर - मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको हो । अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा अडिएको थियो ।

नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएपनि कारोबार रकम भने सोमबार तुलनामा बढेको छ । सोमबार ४ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा यसदिन ४ अर्ब ७३ करोडको कारोबार भयो ।

    यसदिन ३५१ वटा स्क्रिप्सको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये १०४ वटाच स्टक्सको मूल्य बढ्दा १६७ वटाको घट्यो । बाँकी ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।

      नेप्सेमा सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । सगरमाथा जलविद्युत कम्पनीको सेयर सर्वाधिक १२.४४ प्रतिशतले बढ्यो । यसदिन स्नो रिभर्सको सेयर १५ प्रतिशतले घट्यो । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १२.८७ प्रतिशतले घट्दा एनआईसी एसिया सेलेक्ट फण्ड ३० को सेयर ५.२३ प्रतिशतले घट्यो

      घलेम्यादी हाइड्रो ३६ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो । माउन्टेन इनर्जी नेपाल र कुमारी बैंकले २५/२५ करोडको सेयर कारोबार गर्दा रिलायन्स स्पिनिङ्स मिल्सले १२ करोड र लक्ष्मी सनराइज बैंकले १० करोडको कारोबार गरे ।

      पाँच समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए । बैंकिङ,डेभलपमेन्ट,इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए ।

       पात्रो/राशिफल  रेडियो YouTube