सेयर बजारमा २१.३२ अंकको वृद्धि, कारोबार रकम घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २८
|
357 views

ललितपुर - साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो सेयर कारोबार दिन सोमबारदेखि सकारात्मक देखिएको नेप्से परिसूचक आज २१.३२ अंकले वृद्धि भएर बन्द भएको हो ।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा अडिएको थियो । त्यसको अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा कायम भएको थियो ।

    नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएपनि कारोबार रकममा भने मंगलबारको तुलनामा कमी आएको छ । मंगलबार ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको सेयर खरिदबिक्री भयो । सोमबार ४ अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो ।

      यसदिन ३५४ वटा स्क्रिप्सको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये १८८ वटा स्टक्सको मूल्य बढ्दा ८० वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।

      सेयर बजार दोहोरो अंकले वृद्धि भएपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । १०.७५ प्रतिशत एसबीआई डिवेन्चर २०८९ को सेयर सर्वाधिक १३.२१ प्रतिशतले बढ्यो ।

      सगरमाथा जलविद्युत कम्पनीको सेयर ६.३२ प्रतिशतले घट्दा एभरेष्ट कलर,स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३.७५,अपर लोहरे खोला हाइड्रोपावरको ३.६४ र सिटी होटलको ३.३३ प्रतिशतले घट्यो ।

      १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन् । बैंकिङ,डेभलपमेन्ट र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ प्रतिशत बढिले बढ्यो ।

       पात्रो/राशिफल  रेडियो YouTube