
ललितपुर - बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको हो । अघिल्लो दिन बुधबार नेप्से परिसूचक २१.३२ अंकले वृद्धि भएको थियो ।
नेप्से परिसूचक एकल अंकले वृद्धि भएपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँमा खरिदबिक्री भए । बुधबार ४ अर्ब १३ करोडको सेयर कारोबार भएको थियो ।
बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सर्वाधिक १४.९८ प्रतिशतले बढ्यो । हिमालयन एभरेष्ट इन्स्योरेन्स र लक्ष्मी उनन्ती कोषको सेयर ६ प्रतिशतले बढिले वृद्धि भयो । कारोबार रकमका आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो । सो बैंकले २३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो ।
यस्तै अपी पावरले २७ करोडको सेयर कारोबार गर्दा घलेम्दी हाइड्रोपावरले १८ करोड,पिपुल्स हाइड्रोपावरले १२ करोड र ग्रीन भेन्चर्सले ११ करोडको सेयर कारोबार गरे । यसदिन चारवटा समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए ।
बैंकिङ,मनु एण्ड प्रो,अदर्श र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन् ।



बिजनेस पाटी







