ललितपुर - मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ ।
सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११ : ५० बजेपछि केही तल झर्यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै भयो । धेरैजसो कम्पनीको मूल्य घटेको छ ।
८२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने १२ को स्थिर रह्यो । अधिकांश समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.८८ प्रतिशत घट्यो ।
हाइड्रोपावर ०.१५, अन्य ०.७१ तथा बैंकिङ ०.०४ प्रतिशत बढे । निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९, उत्पादन तथा प्रशोधन ०.०५, जीवन बीमा ०.४५, विकास बैंक ०.६२, फाइनान्स ०.४१ तथा लगानी ०.४६ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् । त्रिशुली जलविद्युतको ८.६३ प्रतिशत मूल्य बढ्यो ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ३.९६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एसवाई प्यानल र नेसनल हाइड्रोपावर छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया