ललितपुर - बिहीबार पनि सेयर बजारको गिरावट थामिन सकेन। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंकले घट्दै २७८७ बिन्दुमा झरेको छ। यससँगै बजार लगातार चौथो कारोबार दिनदेखि ओरालो लागेको छ ।
अघिल्लो दिन २८०४ बिन्दुमा रहेको बजार घट्दै आएको हो भने कारोबार रकमसमेत उल्लेख्य रूपमा घटेको छ । बुधबार ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ ।
बजारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनी स्थिर रहेका छन् । उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन्। यता, होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन् ।
यस दिन पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक ९.२४ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक ५ प्रतिशतले उकालो लागेको छ ।
यता, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशतले घटेको छ। सुपर खुदी हाइड्रोपावर ७.१७, गणपति लघुवित्त ६.३८ तथा रिजलाइन इनर्जी ५.३३ प्रतिशतले घटेका छन् ।
कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर अगाडि रहेका छन् ।

बिजनेस पाटी
















