ललितपुर - साताको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा थामिएको हो ।
शुक्रबार ५ अर्ब २७ करोडको कारोबार भयो। १ करोड २१ लाख कित्ता बिक्रीपछि उक्त परिमाणमा कारोबार भएको हो। यस दिन तीनवटा सेयरमा सकारात्मक सर्किट लागेको छ ।
पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोको सेयर १५ प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १२६.७०, १२० र ९४.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। आज गिरावट आएका सेयरहरु अधिकतम ३.५० प्रतिशतसम्म मात्र ओर्लिएका छन् ।
कारोबारमा रिडी पावर अगाडि छ। कम्पनीको २७ करोडको किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स र नेशनल हाइड्रोको २४ करोड, सोलु हाइड्रो २३ करोड र आखुखोला जलविद्युत्को २० करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
शुक्रबार वाणिज्य बैंक, विकास बैंक, होटल र पर्यटन, जलविद्युत्, उत्पादन र व्यापार समूह बढेका छन् ।

बिजनेस पाटी







