लगातार ओरालो लागेको नेप्सेमा सुधार, सूचक ३० अंकले उकालो लाग्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ६
|
255 views

ललितपुर - लगातार ओरालो लागेको सेयरबजारमा बुधबार सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०८ अंक अर्थात् १.१० प्रतिशतले बढ्दै २७५४.४८ विन्दुमा पुगेको हो ।

आज कुल ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका कम्पनीमध्ये २४८ वटाको सेयर मूल्य बढ्दा २१ वटाको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

    बजारमा आज जलविद्युत् समूहका कम्पनीहरू चम्किएका छन् । अपर लोहोरे खोला हाइड्रोपावर को सेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रो नेपाल को सेयर मूल्य ११.८८ प्रतिशतले बढेको छ । अन्य कम्पनीहरूको सेयर पनि अधिकतम ७.५१ प्रतिशतसम्मले उकालो लागेको छ ।

      यता, कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घट्दै प्रतिकित्ता ३०५ रुपैयाँमा झरेको छ । अन्य घट्ने कम्पनीहरूको मूल्य अधिकतम ६.४० प्रतिशतसम्मले ओरालो लागेको छ ।

      बुधबार सर्वाधिक कारोबार पनि कर्पोरेट डेभलपमेन्ट बैंककै भएको छ । उक्त बैंकको करिब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

      आज कारोबार भएका सबै उपसमूहहरू हरियालीमा बन्द भएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube