|
|
२०८३ जेष्ठ ११
51 views

ललितपुर - साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ । नेप्से उच्च अंकले बढ्दा करिब ६ अर्ब बराबरको कारोबार भएको छ ।
यसदिन ३४२ स्क्रिप्सको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ९ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भए ।
कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । थ्री स्टार हाइड्रोपावरको सेयर ९.०१ प्रतिशतले बढ्यो । बुंगल हाइड्रोको सेयर १०.३२ प्रतिशतले घट्यो ।
कारोबारमा आएकामध्ये २३५ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो । ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । म्युचुअल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। म्युचुअल फण्डको सेयर ०.२० प्रतिशतले घट्यो ।

बिजनेस पाटी